काठमाण्डु— भारतका विदेशमन्त्री एस. जयशंकरले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सीसँगको भेटका विषयमा जानकारी दिएका छन्। उनले लेखेका छन्, “मैले राष्ट्रपति सी चिनफिङलाई भारत–चीन द्विपक्षीय सम्बन्धमा हालैका घटनाक्रमबारे जानकारी गराएँ। यो सन्दर्भमा दुवै देशका नेताहरूको मार्गदर्शनलाई हामी विशेष महत्त्वका साथ लिन्छौं।” जयशंकर चीनको राजधानी बेइजिङमा आयोजना…