काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन आग्रह गरेका हुन् । उनले पत्रमा जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा…