चिनियाँ रक्षामन्त्री काठमाण्डु आइपुगे

काठमाण्डु – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी त्यहाँबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । जहाँ चिनियाँ दूतावासले आयोजना गरेको द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा उनि सहभागी हुनेछन् । त्यसपछि उनले सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासंग पहिलो भेटवार्ता गर्नेछन् ।…