अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतकी राजदुत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत…