सहयोग जुटाउन परराष्ट्रमन्त्री सक्रिय,स्पेन र बेलायती मन्त्रीसंग टेलिफोन वार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्पेनकी विदेशमन्त्री अरन्चा गोन्जालेज लायाबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्रालयले दुवै देशका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले टेलिफोन वार्ताका क्रममा नेपाल कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला स्पेनले गरेको सहयोगप्रती विदेशमन्त्री लायालाई धन्यवाद व्यक्त गरेका थिए । स्पेनकी विदेशमन्त्रीले कोरोना भाइरस नियन्त्रणका तथा रोकथाममा नेपाललाई…