काठमाण्डु - दक्षिण एशियाली देशहरूमा बढ्दै गएको आतंकवाद र क्षेत्रीय शान्तिको विषयमा काठमाण्डुमा वृहत् छलफल हुने भएको छ । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्ट (एनआईआईसीई) बुधबार ‘दक्षिण एशियामा आतंकवाद : क्षेत्रीय शान्ति र सुरक्षामाथिका चुनौतीहरू’ शीर्षकमा उच्चस्तरीय गोष्ठीको आयोजना गर्दैछ । गोष्ठीमा दक्षिण एशियामा बदलिँदो आतंकवादी खतरा र त्यसले शान्ति, सहकार्य तथा स्थायित्वमा…