काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) प्रमुखमा लिउ हाइक्सिङ नियुक्त भएका छन्। हाइक्सिङ पार्टीको केन्द्रीय समिति सदस्य तथा अनुभवी कूटनीतिज्ञ हुन्। यसअघि विभाग प्रमुख रहेका लिउ जियानचाओ अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा परेपछि उनी गत जुलाईयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। अन्तर्राष्ट्रिय मिडियाका अनुसार जियानचाओ हाल जेलमा रहेका छन्। नयाँ जिम्मेवारीमा आएका हाइक्सिङ चीनको…