‘सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ’

काठमाण्डु- राष्ट्रियसभाका सदस्यहरुले आजको बैठकको आकस्मिक समयमा सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पदम परियारले नेपाल-भारत सीमासम्बन्धी सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरे । सांसद रोशनी मेचेले सुस्ता क्षेत्रका स्थानीयले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन निकास खोज्नुपर्नेमा जोड दिए…