प्रहरीका २ वरिष्ठ अधिकारी कीट विश्वविद्यालय पुगिसके, ‘फलोअप’ गर्दैछौं : मन्त्री राणा

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा अवस्था बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासका २ वरिष्ठ अधिकारी उडिसा पुगिसकेका जनाएकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मन्त्री राणाले विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई ‘फलोअप’ गरिरहेको बताएकी छन् । ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न…