काठमाडौं-भुटानका राजा जिग्मे वाङचुक भारतबाट नेपाल आइपुगेका छन् । ड्रुक एयरको विमानबाट उनी १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका हुन् । विमानस्थलमा भुटानी राजालाई परराष्ट्रमन्त्री डा. आरजु राणाले स्वागत गरिन् । उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले…