प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, के-के भए कुराकानी ?

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट करिब आधा घण्टा फोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री मोदीले नेपालमा पछिल्ला घटनाका बाबजुद शान्तिपूर्ण रूपमा स्थिति नियन्त्रणमा ल्याएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे। साथै, उनले देशले भोगेको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग…