काठमाण्डु– चीनका लागि नेपालका राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले बेइजिङस्थित दूतावासमा पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । सरकारको सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदित भएका ओली राष्ट्रपतिबाट नियुक्त भएपछि हतार हतारमा बेइजिङ पुगेर आफ्नो कार्यभार सम्हालेका हु्न् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राना देउवाको सम्मुखमा रहेका भ्रमणलाई मध्यनजर गर्दै राजदूत ओली हतार हतारमा बेइजिङ…