परराष्ट्रमन्त्री राणा आज चीनबाट फर्कदै, सोमवार फेरि जाने

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी स्वरूप चीन गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा बिहिवार गएकी मन्त्री राणा चीनको छन्दुबाट आज स्वदेश फर्किदै छिन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय…