काठमाण्डु – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरिन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवाद सम्बन्धी छानबिन गर्न सरकारले समिति गठन गरेको छ । बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता…