धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता फेरिएका छन् । माओवादीका बहुमत सांसदले दल नेता खगराज भट्टको अनुपस्थितिमा बैठक गरेर सांसद मानबहादुर धामीलाई दल नेता बनाएका छन् । यसअघि धामी संसदीय दलका प्रमुख सचेतक थिए । पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको र संसदीय दलको नेताले भूमिका निभाउन नसकेको…