काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज शनिबार सहिद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे । ‘देशभरका…