काठमाण्डु – नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट भाग्न खोजेको आरोप लगाएको छ । बिहान नयाँ वानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको छ । लामिछाने हिजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।…