काठमाण्डु- सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा आएको मतपरिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै कोशीमा आएको मतपरिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा…