काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन नभत्किने बताएका छन् । बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताएका हुन् । ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै…