काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भएपनि त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन् । बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए । ‘अहिले भ्रष्टाचार भन्नेबित्तिकै उसको मुख…