काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके २०८४ को चुनावमा धुलोपिठो हुने बताएका छन् । बुधवार नेकपा एसको केन्द्रीय समितिको बैठकमा बोल्दै खनालले ०८४ को चुनाव कम्युनिष्टहरुका लागि राम्रो नहुने संकेत गरेका हुन् । ‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई धुलोपिठो बनाउने योजना छ । कुन बाटोबाट…