के विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ ?

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाली कांग्रेसको इतिहासमा दोस्रो पटक विशेष महाधिवेशन हुन लागेको हो । कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि संस्थापन पक्षको इच्छा विपरीत यसको आयोजना गरिएको हो । सभापति शेरबहादुर देउवाले विशेष…