बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डु - प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तारपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।आजको बैठकले कार्यदलले बनाएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ।