रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शनिबार बस्दैछ । सभापति रवि लामिछाने अस्वस्थ भएका कारण बैठकको समय र स्थान अवस्था हेरेर तय गरिने छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ । प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपालाई निर्वाचन आयोगले तीन…