रिगललाई आममाफी दिएकोबारे गगन थापाले मागे सरकारसँग जवाफ

काठमाण्डु- नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै विरोध गरेका छन्। चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिनमा आममाफी दिएपछि विरोध भइरहेको छ। चेतनकी श्रीमती भारतीले रिगललाई पुनस् जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन जारी राखेकी…