फेरि विश्वासको मत लिन यति छिट्टै समय आउला भन्ने सोचेकै थिइन: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिने समय यति छिट्टै समय आउला भन्ने आफूले नसोचेको बताएका छन् । सोमबार संसदमा विश्वासको मत लिनेक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका हुन् । ‘फेरि विश्वासको मत लिन यति छिट्टै समय आउला भन्ने सोचेकै थिइन । संसदसमक्ष अनुरोध गर्नुपर्छ…