हामीले क्रान्तिलाई सम्झौतामार्फत अगाडि बढाएका हौँः बाबुराम भट्टराई (अन्तर्वार्ता)

काठमाण्डु- नेपालको राजनीतिक फाँटमा बौद्धिक व्यक्तित्त्वका रुपमा परिचित डा. बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भए। वेशिका (एसएससी) र प्रमाणपत्र तह (आइएससी) मा सर्वोत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक, दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट स्नातकोत्तर र जवाहरलाल नेहरू विश्वविद्यालयबाट रिजनल डेभलपमेन्ट एन्ड प्लानिङ…