काठमाण्डु- प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको प्रनिनिधिसभाको बैठक स्थगित भएको हो । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।