काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा बुधबार निर्णय लिने बताएका छन् । श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले बुधबार निर्णय लिने भएको हो । केन्द्रीय समितिको बैठक बोलाएर बुधबार निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए ।…