प्रधानमन्त्रीलाई गगन थापाले भने- बालेन शाहसँग तत्काल वार्ता गर्नुहोस्

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले तत्काल काठमाण्डु महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका हुन् । ‘सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने…