एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाण्डु - नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ ।