काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै रास्वपाले प्रत्यक्षतर्फका लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन योग्य पार्टी सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरेको हो। इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ।…