माओवादीबाट गृहमा शक्ति वस्नेत निश्चित,अर्थमन्त्री बन्न कांग्रेसमा महत र खड्काबीच हानाथाप

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्तारुढ दल मन्त्रिमण्डलको भागबण्डामा अल्झिएको भन्दै आलोचना भएपछि दाहालले सोमबार मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । उनले नेपाली कांग्रेस,जनता समाजवादी पार्टी र एकिकृत समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । माओवादी केन्द्रको शनिवार बसेको पदाधिकारी बैठकले मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको थियो…