काठमाण्डु - प्रहरी महानिरीक्षक (आईजीपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त बहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । केही दिनअघि मात्र एआईजीमा बढुवा भएका कुँवर आईजीपी बनेका छन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्। शनिबारदेखि प्रहरी…