काठमाण्डु- सत्तारुढ दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारै कुनै टुंगो नलागेको बताए । उनका अनुसार सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउने छन्…