काठमाण्डु- नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो । गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको…