काठमाण्डु - विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । सशस्त्र युद्दकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियावाट सम्बोधन गर्न थालेकोको आपत्ति जनाएको माओवादी घटकले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर आफनो धारणा सार्वजनिक गर्न लागेको हो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका…