मौलिक हक कार्यान्वयनको कानुनी व्यवस्था गर्न माग

काठमाण्डु- प्रतिनिधिसभा सदस्य अब्दुल खानले संविधानले दिएका मौलिक हक कार्यान्वयनको कानुनी व्यवस्था गर्न माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानमा मौलिक हकको व्यवस्था भए पनि कार्यान्यन नहुँदा धेरै नागरिक अधिकारबाट बन्चित भएको बताए । मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउनुपर्ने उनको जोड छ । 'संविधान जारी भएको तीन वर्षभित्र मौलिक…