काठमाण्डु - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरोशैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । ‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो…