काठमाण्डु - यही मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम आइसकेको छ । दलहरूले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् । दलहरूले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदहरूको नाम राष्ट्रपतिसमक्ष प्रस्तुत गर्छ । आउँदो बिहीबार आयोगले राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसपछि सरकार गठन र संसदीय…