पुरानो घर राप्रपामा फर्किन पाउँदा कमल थापा खुसी !

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले पुरानो घर राप्रपामा फर्किन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होइन, अत्यन्तै भारी मनले राप्रपाको घर छाडेर गएको भन्दै आज फर्किंदा खुसी लागेको बताए । उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भइरहेको छ…