काठमाण्डु - संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बुधबार (आज) ४ बजे बस्दैछ। संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी गराएका थिए। ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति धुव्रबहादुर प्रधानले…