काठमाण्डु – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्नुपर्नेदेखि पार्टी पुनर्गठनको एजेन्डामा खुला अभिव्यक्ति दिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीभित्र एक्लिँदै गएका छन् । माओवादीको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको समय भइनसकेकाले नेतृत्वविरुद्ध खुलेआम बोलेका उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने सुझाव दिएका छन् । अधिकांश स्थायी कमिटी सदस्यले शर्माको विपक्षमा…