काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिकतर्फ कतैपनि उम्मेदवार नबन्ने बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्दै महामन्त्री शर्माले आफू प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार नबन्ने बताएका हुन् । उनले समानुपातिकतर्फ उम्मेदवार बस्यो भने पार्टीका साथीहरूको अवसर र सम्भावना खोसिने बताए । उनले भने ‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ…