बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाण्डु– नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले स्पष्ट बहुमतसहित नेतृत्व जितेका हुन्। कुल ३७ मत खसेको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत ल्याए। एक मत बदर भएको थियो। कांग्रेसका बागमती प्रदेशसभामा…