बालुवाटारमा सहमति जुट्यो, अब चुनाव हुन्छ : प्रवक्ता खरेल

काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब चुनाव हुनेमा द्विविधा नरहेको बताएका छन् । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि मन्त्री खरेलले चुनावका लागि सरकार र दलहरूबिच सहमति जुटेको बताए ।…