डडेल्धुराबाट रास्वपा उम्मेदवार तारा जोशी विजयी

काठमाण्डु – लामो संसदीय इतिहासमा नेपाली कांग्रेसबाट निवर्तमान सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरा निर्वाचन क्षेत्रबाट यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । जोशीले १९ हजार १३१ मत पाउँदा महरले १२ हजार १२१ मत पाएका छन् ।…