काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका हुन् । ‘‘हुन त…