‘गेरू वस्त्र’ धारणबारे प्रधानमन्त्रीले भने, ‘अहिले म कम्युनिष्ट मात्र होइन, प्रधानमन्त्री पनि हुँ’

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको मध्य प्रदेश राज्यस्थित उज्जेन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरको पूजालाई ‘सांस्कृतिक कूटनीति’ को रुपमा बुझ्न आग्रह गरेका छन् । भारतको चार दिने औपचारिक भ्रमण सकेर शनिबार साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘गेरु वस्त्र’ लगाएर भारतका अर्बौं जनताको मन जित्ने काम आफूले गरेको बताएका छन्…