काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुको पछाडी केही रहस्य लुकेको बताएका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै रास्वपा रहेको दावी गरेका हुन् । ‘अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी…