काठमाण्डु - नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न पार्टी मुख्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। गत पुस १० गते माओवादीलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेले दावी गर्दै आएपनि माओवादीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन बनाएको छ । पदाधिकारी…