नागरिकता विधेयक: शीतलनिवास पुगे माओवादी केन्द्रका शीर्ष नेता 

काठमाण्डु- नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू शीतलनिवास पुगेका छन् । बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै माओवादी केन्द्रका शीर्ष नेताहरू नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीले माओवादी नेताहरूलाई परामर्शका लागि बोलाएकी थिइन् । शीतलनिवासमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा…